
काठमाडौँ, ६ पुस । सुर्खेतमा महिलालाई दुर्व्यवहार गरेको अभियोगमा एक पुजारी र दुईजना धामीलाई पक्राउ परेका छन् ।
प्रहरीले लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति पनि लिइसकेको छ ।
कुल पूजा मान्न पुस ४ मा माइती पुगेकी महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा देखेर प्रहरीले एक्सन लिएको हो ।
अधिकारकर्मीहरुले झारफुकको बहानामा महिलामाथि भएको कुटपिट जघन्य अपराध भएको जनाएका छन् ।












प्रतिक्रिया