
काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्को विरोध र नाराबाजीका बाबजुद प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत भएको छ ।
मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्विकृत गरिएको हो ।
एमालेले सभामुखले सूचना टाँस नगरेको भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।












प्रतिक्रिया