१ कार्तिक २०८३, आइतबार

भक्तपुर जिल्ला लिग पुस १० गतेदेखि शुरू हुँदै, १४ वटा टीमबीच प्रतिस्पर्धा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला स्तरीय लिग फुटबल आगामी १० गतेदेखि शुरू हुने भएको छ ।

मध्यपुर युथ एसोसिएशनको मैदानमा पुस १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने लिगमा जिल्लाका १४ वटा टोलीको सहभागिता रहने छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अन्तर्गत लिग आयोजना गर्न लागिएको हो ।

यो लिग कम नकआउटको आधारमा सञ्चालन हुने बताइएको छ । सहभागी टीमलाई दुई समूहमा विभाजन गरिएको छ र समूह चरणमा लिग चरणको आधारमा खेल हुने जिल्ला संघले जनाएको छ ।

दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश पाउने छन् । सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्ने छ भने समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्ने छ । यी खेलमा विजेता टिमबीच फाइनल हुने छ ।

प्रतियोगिताको समूह एमा जनप्रेमी स्पोर्टस क्लब, लोकन्थली एफसी, दिव्येश्वरी क्लब, बृहस्पति युवा क्लब, मध्यपुर जागरुक युवा क्लब, समृद्ध नेपालको लागि युवा समाज र भक्तपुर युनाइटेड एफसी रहेका छन् ।

यस्तै समूह बी दिव्येश्वरी युथ समाज, वेलफेयर स्पोर्टस क्लब, सत्य संसार, ठिमी युथ क्लब, बालकोट व्वाइज क्लब विश्व विनायक एफसी र मध्यपुर युनाइटेड एफसी छन् ।