२ कार्तिक २०८३, सोमबार

‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स महङ्गोमा विक्री

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । ‘चुरीफुरी’ चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार महङ्गो रकममा विक्री भएको छ ।

आउदो शुक्रबार अर्थात् ९ पुसदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको हास्यप्रदान समाजिक चलचित्र ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफुहरुबीच आइतबार सम्झौता भएको जानकारी निर्माता तथा निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।

हास्यकलाकारहरु रवीन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे) लगायत नवकलाकार तथा अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिञ्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायत कलाकारको अभिनय रहेको चलचित्र कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् ।

‘वर्तमान परिप्रेक्ष्यमा महङ्गै रकममा सम्झौता भएको छ,’ उनले भने, ‘उहाँहरुले चलचित्रको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आज सम्झौता भयो ।’ ‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका विभिन्न शहरमा प्रदर्शन गरिने जानकारी उनले दिएका छन् ।

निर्देशक ऋषिराजकै लेखन रहेको चलचित्र राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको चलचित्रको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो ।

डीसीएनले वितरण गर्ने चलचित्र अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् ।