३ कार्तिक २०८३, मंगलबार

क्रिसमसका बेला कोभिडको नयाँ भेरियन्ट झन् तीव्र बन्ने अमेरिकी विज्ञको चेतावनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नजिकिदो क्रिसमसको समयमा कोभिड महामारीको नयाँ भेरियन्टको फैलावटले तीव्र रुप लिने अमेरिकी विज्ञहरूले चेतावनी दिएका छन् ।

क्रिसमसमा हुने भीडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुको भनाइ छ ।

ओमिक्रोन असाधारण रुपमा फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा स्थगन गर्न अमेरिकी विज्ञ डा। एन्थोनी फाउचीले सुझाएका छन् ।

कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली देशले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागू गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएको छ । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।

यसैबीच युरोपेली युनियनका प्रमुख युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।