४ कार्तिक २०८३, बुधबार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २ वैशाख । धनकुटाको मूर्तिढङ्गा–१ निगालेमा मङ्गलबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

निगालेबाट मल लिएर याङ्गलाबुङ जाँदै गरेको को१त १३३० नम्बरको ट्याक्टर पल्टिँदा चालक जीतपुर– ३ का २२ वर्षीय प्रकाश दर्जीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक लेगुवा– १ का १७ वर्षीय जीतेन्द्र परियार गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

दर्जीको शव परीक्षणका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्याक्टर सडकबाट करिब ५० फिट तल खसेको छ । रासस