१० कार्तिक २०८३, मंगलबार

काङ्ग्रेस महाधिवेशन : खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा खुला महिलातर्फको मत गणना जारी छ ।

हिजो आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको हो । उक्त गणना हाल जारी अवस्थामा छ ।

कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी ४०० मत गनेर स्थगित गरिएको गणना कार्य आज सोमबार बिहान ९ बजेदेखि फेरि सुचारु गरिने छ । अहिलेसम्म कसले कति मत पाए भन्ने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

तर डिला संग्रौला पन्त, पुष्पा भुसाल गौतम, आरजु राणा देउवा अगाडि देखिएको बताइएको छ ।

काङ्ग्रेसको खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ । चुनावी मैदानमा भने ३० जना उत्रिएका छन् ।

साथै निर्वाचन समितिले मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्यको मतगणना पनि सुरू गरेको जनाएको छ । मधेशी कलष्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसमा १६६ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । खुला र विभिन्न कलष्टरबाट १२१ जना निर्वाचित र ३३ जना केन्द्रीय सदस्य मनोनित हुने छन् भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना कोषाध्यक्ष मनोनितसहित १४ जना पदाधिकारी रहने छन् ।