३ कार्तिक २०८३, मंगलबार

तालिबान शासनले अफगानिस्तानका लाखौँ मानिस भोकमरीको जोखिममा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान, ५ पुस । तालिबानीको शासनका कारण अफगानिस्तानका लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् ।

अफगानिस्तानमा तालिबानले शासन गरेको चार महिना भइसकेको छ । अहिले त्यहाँको अर्थतन्त्र धराशयी बन्दै गएको छ र चिकित्सा प्रणालीले कोभिडसँग लड्न सकिरहेको छैन ।

बीबीसीका सेकुन्दर कर्मानीलेका अनुसार घोर प्रान्तको एक अस्पतालका बिरामी र कुपोषण भएका बालबालिकाहरूलाई ‍औषधि र पौष्टिक खानेकुराको निकै आवश्यकता छ ।

हामीले किन पर्याप्त खाना पाएका छैनौं अस्पतालका बिरामीहरूले प्रश्न गरिरहेका छन् । लामो समयपछि द्वन्द्व सकिएको अफगानिस्तानमा भोकमरी नयाँ चुनौतीको रुपमा उदाएको छ ।

कतिपय आमाहरू बच्चाका लागि पौष्टिक आहारको पर्खाइमा बसेको छन् तर, अफगानिस्तामा अहिले १० लाख भन्दा धेरै बालबालिकाहरू भोकमरीको जोखिममा परेका छन् ।

तालीवान शासन शुरू भएसँगै अफगानिस्तानमा विदेशी सहयोग प्रतिबन्धित छ । त्यस कारण पनि भोकमरीले सताउन थालेको समाचारहरूमा जनाइएको छ ।

भोकमरी, महंगी र बेरोजगारीका कारण अहिले अफगानी अर्थतन्त्र पतनको बाटोतर्फ उन्मुख छ भने नागरिकहरू खानाको खाजस्मा भौतारिरहेका छन् ।