
काठमाडौँ, ४ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई यथास्थितिमा सम्झौता अस्वीकार गनुपर्ने जनाएको छ ।
समाजवादीले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने धारणा राखेको हो ।
उता प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गर्नलाई सहमति जुटाउन प्रयासरत रहेका बेला सत्तारुढ गटक एकीकृत समाजवादीले भने यथास्थितिमा पारित गर्न नसकिने जनाएको छ ।
पार्टीले एमसीसी परियोजना अन्तर्गतको रकम भन्दा राष्ट्रियता ठूलो भएको भन्दै यस्तो धारणा राखेको बताइएको छ ।












प्रतिक्रिया