१० कार्तिक २०८३, मंगलबार

राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन : कमल थापा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले मुलुकको राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर मात्रै राजसंस्था नफर्कने बताएका छन् ।

‘बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन,’ आज आइतबार ट्विटरमा लेख्दै थापाले भनेका छन्, ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक छ ।’

पूर्वराजा ज्ञानेन्द्रको चलखेलका कारण आफूले राप्रपा अध्यक्षको चुनाव हारेको अभिव्यक्ति दिँदै आएका थापाले पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गरी उक्त ट्विट गरेको देखिन्छ । राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको एकमात्र बाटो भएको थापाको भनाइ छ ।