काठमाडौं, २ वैशाख । अति नै गर्न थालेछन्,लोकमानसिंह कार्कीले । फागुन १४ गते अख्तियारको सरकारी भवनबाटै अन्माइएकी छोरी डा. आध्यासिंह अहिले अख्तियारकै जागिरे भइन् । यसअघि स्थापना दिवसमा पत्नी सुनितालाई सम्मानित गरेपछि लोकमानले राज्यबाट प्राप्त अवसरलाई परिवार पोस्ने प्रयोजनमा दुरुपयोग गरेको भनी आलोचना हुँदै आएको थियो ।
आजको जनआस्था साप्ताहिकमा खबर छ- अख्तियारमा नियुक्त पाँच नयाँ आयुक्तको पद बहाली हुनु एकदिन अघि (१८ चैत) मा लोकमानले १७ निर्णय गरे । त्यसमध्ये छोरीलाई अवैतनिक मेडिकल कन्सल्ट्यान्ट बनाउने निर्णय पनि थियो । र, त्यही दिनको निर्णय हो,सहयोगीका रुपमा कार्यरत पूर्वएसएसपी गोबर्दन श्रेष्ठलाई स्वकीय सचिव नियुक्तिको । उनले कात्तिकमा अनुसन्धान विज्ञको नियुक्ति खाएका थिए । अख्तियारमा योग्यता पुगेका र राज्यले पत्याएका पाँच–पाँच जना आयुक्त हाजिर हुने भएपछि गोवद्र्धनजस्ता विज्ञ ती आयुक्त हाजिर हुने अघिल्लो दिनै १७ मध्येको अर्को निर्णयमा स्वकीय सचिव बनाइएका हुन् ।
















प्रतिक्रिया