१० कार्तिक २०८३, मंगलबार

वैदेशिक रोजगारमा हुनसक्ने ठगी नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टीम गठन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं, ३ पुस । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टीम) गठन गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टीम) गठन गरिएको मन्त्रालयले जनाए हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्‍यापिड रेस्पोन्स टीम गठन गरिएको बताए ।

र्‍यापिड रेस्पोन्स टीमले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवाप्रदायक निकाय, संघ–संस्था तथा व्यक्तिले वदनीयतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्ने छ ।

वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टीमले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमासुधार गरी सुशासनको अभिवृद्धि गर्न र्‍यापिड रेस्पोन्स टीम गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले नेपाली युवाहरुको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ । तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्नेर सुशासनका दृष्टिले समेत नकारात्मक चित्रण हुने गरेकोले यसको छवी सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।