४ कार्तिक २०८३, बुधबार

खाडीमा कार्यरत युवाले गाउँका विद्यालयमा कम्प्युटर सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

computerस्याङ्जा, २ वैशाख । स्याङ्जाको श्रीकृष्ण गण्डकी गाविसबाट रोजगारीका सिलसिलामा युएइ पुगेका युवाले स्थापना गरेको श्रीकृष्ण गण्डकी सहयोग समाजले सो गाउँका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यका साथ कम्प्युटर सहयोग गरेको छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएपछि युएइ पुगेका नेपालीले आफ्नो गास कटाएर भए पनि आफ्नो समाजको लागि केही गरौँ भन्ने अभिप्रायले सो गाविसमा सञ्चालित सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो ।

श्रीकृष्ण गण्डकी गाविस–२ स्थित वीरेन्द्र उच्चमाध्यमिक विद्यालयमा आधुनिक शिक्षाअन्तर्गत प्रथम चरणको कम्प्युटर वितरण तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी गाविसस्थित सञ्चालनमा रहेका तीन वटा उच्च मावि, तीन वटा मावि, एक निमावि र छ वटा प्राविलाई एक एक थान कम्प्युटर र स्रोत केन्द्रलाई प्रोजेक्टर वितरण गरिएका हुन् ।