
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना शुरू भएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना शुरू भएको हो ।
मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भइसकेको छ ।
हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।















प्रतिक्रिया