
अछाम, ३ पुस । नेकपा (एमाले)का नेता भीम रावलले एमाले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण हुने भएकाले एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका हुन् ।
तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिएका छन् । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।
उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको सोत आरोप लगाएका छन् । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलको टिप्पणी छ ।
विगतका तिक्तताहरूलाई बिर्सिएर पार्टी निर्माणमा लाग्न उनले यहाँका कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।















प्रतिक्रिया