
काठमाडौं, २ पुस । गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ ।
गीतको रचना साथै लय सृजना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्यामश्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।
उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् ।
हरि बहादुर घलेको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।
राम्रो टीमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशावादी देखिएका छन् ।
हुन त गायक कृष्ण काफ्लेका थुप्रै गीतहरू हिट छन् । पर्ख पर्ख मायालु, देखन चम्पा, तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् ।
कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ । यसो त गायिका समीक्षा पनि अहिलेकी चल्ती गायिका हुन् । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनको प्राय गीतहरू हिट छन् ।















प्रतिक्रिया