१० कार्तिक २०८३, मंगलबार

वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा हिजो बिहीबार भएको भेटमा उनीहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो । मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आईओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे ।

श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोपउपलब्ध गराउन आईओएमबाट सहयोगको आग्रह गरे । वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका शीप र पूँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले पाँच वर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यान्वयन गर्न मन्त्रालय र आईओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँचवर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरेका छन् ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, शीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका थिए ।

साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्दताहरुलाई आन्तरिकीकरण गर्दै लगिने कुरा उल्लेख रहेको र यस सम्बन्धमा आईओएम नेपालको तर्फबाट सरकारलाई पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका थिए ।