
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको कांग्रेस सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार र भीष्मराज आङ्दाम्बे निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् ।
उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत प्राप्त गरे ।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी दुई हजार २१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरे । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।
त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरेका छन् । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो ।















प्रतिक्रिया