
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित जेलमा जाने भएका छन् ।
जितसँगै आफू सुन्दरीजल जेल जान लागेकाले पत्रकारहरूलाई पनि त्यतै निम्तो दिएका छन् । आफू महामन्त्रीमा निर्वाचित भएसँगै तत्कालीन पार्टी सभापति विश्वेश्वर प्रसाद (बीपी) कोइरालालाई राखिएको माटो ढोगेरमात्रै कार्यभार सम्हाल्ने विश्वप्रकाशको भनाइ छ ।
यसअघि महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा पनि शर्मा सुन्दरीजल नै पुगेका थिए ।















प्रतिक्रिया