
काठमाडौं, १ पुस । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ ।
भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको बताइएको छ ।
जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।
१८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ । यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको बताइएको छ ।















प्रतिक्रिया