
काठमाडौं, १ पुस । नादिङ भाकाको शेर्पाहरुको मौलिक भेष भुषा, संस्कृति लाई झल्काउन कोसिस गरिएको गीत ‘दार ठेकीको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक प्रदिप लामा र पाल्मु शेर्पाको युगल गायन छ । जीवन बोम्जनको शब्द रहेको गीतमा अमृत लामाको संगीत रहेको छ । जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो । भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन् । राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड गरिएका छन् ।
रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।















प्रतिक्रिया