१० कार्तिक २०८३, मंगलबार

बागमती प्रदेशका मन्त्रीहरूको शपथग्रहणमा निजी सञ्चारमाध्यमलाई निषेध

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले नवनियुक्त मन्त्रीहरूको सपथग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई निषेध गरेको छ ।

मंसिर २८ गते भएको बागमती प्रदेशका मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिएर निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएको हो ।

घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । घटनाबाट बागमती प्रदेश सरकार निजी सञ्चारमाध्यमप्रति अनुदार प्रष्ट भएको महासंघको ठहर छ ।

‘सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनाका साथै प्रेस स्वतन्त्रमाथिको ज्यादती हो,’ आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘महासंघ प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’