
काठमाडौं, १ पुस । गायक प्रमोद खरेलको नयाँ गीत ‘जाउ तिमी’को म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।
झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र बिना राउतले अभिनय गरेका छन् ।
हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशनमा भिडियो निर्माण गरिएको हो ।















प्रतिक्रिया