१ कार्तिक २०८३, आइतबार

कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । वैकल्पिक युवा सङ्गठनले क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीमाथिको कारबाही फिर्ता लिन माग गरेको छ ।

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका खेलाडीले क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले गरेको बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर आवाज उठाइरहेका बेला उनीहरूमाथि नै कारबाही गरिनु उचित नभएको संगठनको ठहर छ ।

‘क्यानले खेलाडीहरूको क्रिकेट जगतलाई अझ सुदृढ बनाउनुपर्ने आवाजहरू सम्बोधन गर्नुको सट्टा बेथिति विरुद्ध आवाज उठाइरहेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, उत्कृष्ट बलर सोमपाल कामी र कमल सिंह ऐरीलाइ राष्ट्रिय टीमबाट निलम्बन गरी टीमबाट बर्खास्त गर्नु खेदजनक छ,’ संगठनले आज बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनका महासचिव अशोक खड्काले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त गैरजिम्मेवार कदमको हामी घोर भर्त्सना गर्न चाहन्छौँ । साथै क्यानलाई आफ्नो गलत निर्णय तुरुन्त सच्याएर खेलाडीहरूलाई पुनर्बहाली गर्दै उहाँहरूसँग माफी माग्न माग गर्दछौँ ।’

क्यानको बुधबार बसेको बैठकले कप्तान मल्लसहितका खेलाडीलाई अनुसाशन उल्लंघन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । बैठकले मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गर्ने पनि निर्णय समते गरिसकेको छ ।