
काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले कुनै पनि सहमति र सम्झौता नगरेको बताएका छन् ।
हिजो बुधबार ओलीले ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो’ भन्ने अभिव्यक्ति दिएपछि आज बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीको आरोप अस्वीकार गरेका हुन् । प्रचण्डले पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई चुनौती समेत दिएका छन् ।
आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विष्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
ओलीको अभिव्यक्तिले स्वयम् आफूलाई झुट, बेइमान र धोकाधडी गर्ने व्यक्तिको रुपमा चित्रण गरेको प्रचण्डको आरोप छ ।















प्रतिक्रिया