३ कार्तिक २०८३, मंगलबार

यूकेमा महामारी यताकै सबैभन्दा धेरै दैनिक कोभिड सङ्क्रमित पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । बुधबार यूकेमा ७८ हजारभन्दा धेरै अर्थात् महामारी शुरू भएयताकै सबैभन्दा उच्च कोभिड सङ्क्रमित पुष्टि भएका छन् ।

यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो । ङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन् ।

एक पत्रकार सम्मेलनमा उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने बताए ।

उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए । उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको देखिन्छ ।

लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनिसकेको छ । प्राध्यापक विटिले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए ।

त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरिअन्टका कारण रहेको उनले बताए । अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको देखिंदैन ।

पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ रहेको बीबीसीले उल्लेख गरेको छ ।