२९ आश्विन २०८३, बिहिबार

वन फँडानी गर्ने चार जना कारबाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banfadaniजुम्ला । बिना इजाजत वन फँडानी गर्ने चार जनालाई जिल्ला वन कार्यालय जुम्लाले कारबाहीको दायरामा ल्याएको छ ।

जुम्लाको गोठीचौर गाविसको माथाचौर राष्ट्रिय वनमा गोव्रेसल्ला जातको रुख जथाभावी कटानी तथा चिरानी गरिरहेको अवस्थामा कार्यालयले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्दननाथ–१ जुम्लाका अशोक श्रेष्ठ, गज्र्याङ्कोट–२ का प्रेम बुढा, रामेछाप जिल्लाका रामकुमार र सन्तमान तामाङ रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई वन ऐन, २०४९ को दफा ४० बमोजिम कारबाही अगाडि बढाइएको वन कार्यालयले जनाएको छ ।

अभियुक्त चार जनाबाट जनही रु दुई लाख १४ हजारका दरले रु आठ लाख ५६ हजार धरौटी लिएर अदालतले मुद्दा पुर्पक्षको आदेश दिएको बताइएको छ ।

उनीहरुको कसुर सावित भएको खण्डमा एक वर्ष जेल सजाय हुनुका साथै रु दुई लाख चार हजार विगोसहितको जरिवाना हुने जिल्ला अदालतले जनाएको छ ।