
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति अबेर सम्पन्न मत गणनाको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।
देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित भएका छन् । निर्वाचन समितिका अनुसार खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत पाए । त्यस्तै गच्छदारले १ हजार ९०६, चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया