
काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका महामन्त्रीको उम्मेदवार गगन थापाले नेतृत्व बदल्नुपर्छ भन्ने अनि के कारणले पुरानै नेतृत्वलाई समर्थन गरेको भनी प्रश्न गरेका छन् ।
उनले आफूहरु सबैले अन्तिमसम्म पनि नेतृत्व बदल्नुपर्छ भनेर मेहनत गरेको स्मरण गर्दै थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति साथ नदिएकोमा प्रश्न गरेका हुन् ।
वुधबार डा. शेखर कोइरालाले गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै थापाले मध्यरातसम्म नेतृत्व बदल्नुपर्छ भन्ने अनि ६ घण्टामा के भयो र त्यही नेतृत्व चाहियो ? भनी प्रश्न गरेका हुन् ।
उनले अब काँग्रेसको सभापति शेरबहादुर देउवा भएको तर कसैलाई कुनै पनि नाममा भेदभाव गर्न नपाइने बताएका छन् ।
त्यस्तै, उनले कसैले पनि मत पाएको आधारमा भाग माग्न जान नहुने र पार्टीको विधि र थितिअनुसार चल्नुपर्ने बताए ।
त्यस्तै, सिनियर नेताहरुले साथ नदिएको तर प्रतिनिधिहरु र कार्यकर्ताले अन्तिमसम्म साथ दिएको बताउँदै उनले धन्यवाद ज्ञापन समेत गरेका छन् ।















प्रतिक्रिया