४ कार्तिक २०८३, बुधबार

डोटीमा पहिलोपटक अनलाइन पत्रिका सञ्चालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-saha– मिलन परियार
डोटी, १ वैशाख । डोटीमा पहिलो पटक अनलाईन पत्रिका संचालनमा आएको छ । समता मिडिया सेन्टरको स्थापनाको अवसरमा मंगलबार ई समानता अनलाईन पत्रिका संचालनमा आएको हो ।

नयाँ बर्षको अबसर पारेर सेन्टरद्धारा संचालनमा आएको पत्रिकाको डोटीका पुराना पत्रकार धन बहादुर मल्ल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमाञ्चल संयोजक प्रकाशबिक्रम शाहले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

सदरमुकाम सिलगढीस्थित जिल्ला कृषि विकास कार्यालयको सभाहलमा विहान ८ बजे आयोजना गरिएको उद्घाटन कार्यक्रममा मल्ल प्रमुख अतिथि र शाह बिशिष्ट अतिथि थिए ।

समता मिडिया सेन्टरका संस्थापक अध्यक्ष मिलन परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्लास्थित राजनितीक दलका प्रतिनिधी,सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । सोही अवसरमा नया बर्ष २०७२ को शुभकामना आदान प्रदान समेत गरिएको संस्थाका महासचिव भिम घिमिरेले बताए ।

समाजमा बिद्यमान सबैखाले बिभेद्रहित समतामूलक समाजको स्थापना गर्नका लागि संञ्चार पैरवी गर्ने उदेश्यले जिल्लामा स्थापना गरिएको सेन्टरले निकट भविश्यमै गाउदेखी बिश्व जोड्ने अभियान अन्तर्गत गाउगाउमा घुम्ती आधारभुत पत्रकारिता तालिम संचालन गर्ने योजना रहेको समेत महासचिव घिमिरेले बताए ।

सेन्टरको मंगलबारदेखीनै दिपायल सिलगढी नगरपालिका ३ अनामनगरमा कार्यालय समेत संचालनमा आएको छ । डव्लुडब्लुडब्लु डट ई समानता डट कम लगअन गरेर संसारभर हेर्न सकिने छ ।