१० कार्तिक २०८३, मंगलबार

विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिविक्रम कार्कीमाथि आक्रमण

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिविक्रम कार्कीमाथि अज्ञात समूहद्वारा आक्रमण भएको छ ।

आक्रमणबाट कार्कीको शरीरका विभिन्न ठाउँमा घाउचोट लागेको विवेकशील पार्टीले जनाएको छ । घाइते कार्कीको स्थानीय अस्पतालमा उपचार भइरहेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विवेकशील पार्टीले एक विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेको छ । ‘नेपाल विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिबिक्रम कार्की आज बिहान साइकलमा काममा जाँदै गर्दा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–४ मा रहेको आफ्नो घरनजिक तीनजना मास्क लगाएका व्यक्तिहरूले आक्रमण गरेकामा नेपाल विवेकशील पार्टी उक्त निन्दनीय कामको भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘शशिविक्रम कार्कीको सुरक्षा प्रत्याभूत गर्न तथा निजमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनको दायरमा ल्याउन हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’

‘केही दिन अगाडि शशिविक्रम कार्की काम गर्ने कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरी कार्यालयबाट निस्कने समय सोधेको, केही दिनअगाडि तीन जना व्यक्तिहरूले आज आक्रमण भएको ठाउँ नजिक नै लुटपाट/आक्रमणको प्रयास गरेको तथ्यलाई मध्यनजर गर्दा यो सुनियोजित घटना हो भन्ने हामीलाई आशंका लागेको छ,’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यस विषयमा सत्यत्थ्य पत्ता लगाई आक्रमणकारीहरुको पहिचान गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’

न्याय, स्वतन्त्रता तथा समानताको पक्षमा विभिन्न सामाजिक तथा राजनीतिक अभियानहरू र आफ्ना विचारहरू मार्फत आवाज बुलन्द पार्ने शशिविक्रमको विचारलाई बन्द गर्ने यस आक्रमणलाई प्रयोग गरेको हुन सक्ने भएकाले त्यस्ता प्रयासहरूको पार्टीले डटेर सामना गर्ने जनाएको छ ।