१० कार्तिक २०८३, मंगलबार

तुलसीपुर महोत्सवको पूर्वसन्ध्यामा सरसफाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 तुलसीपुर, २९ मंसिर । तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्शले तुलसीपुर बजार सरसफाई गरेको छ ।

ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाई गरिएको तुलसीपुर महोत्सवका सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।

तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाई अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो । सरसफाई अभियान टोलीले बस पार्कको आपसका क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन टेक्टर फोहर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।

सरसफाईका क्रममा सडेगलेका फलफूलका बोक्रा, पलाष्टिक, चाउचाउ, गुट्का, बिस्कुट, लगायतका खोल अन्य फोहरजन्य वस्तुहरु सङ्कलन गरिएको थियो । सरसफाई अभियानमा तुलसीपुर उपमहागनरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकाहरी लगायतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिए ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनको पवर्द्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेम्म ऐतिहासिक प्रथम तुलसीपुर महोत्सव शुरू हुँदै छ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव तुलसीपुरको घोराही रोडको उत्तरतर्फ खाली चौरमा हुँदै छ ।