३ कार्तिक २०८३, मंगलबार

ओमिक्रोनलाई कम आँकेकोमा डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । ओमिक्रोन भेरियन्ट सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ ।

विभिन्न ७७ वटा देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरियन्ट निकै तीब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयसले बताएका हुन् । ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको उनको भनाइ छ ।

पत्रकारहरूसँग कुरा गर्दै उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको बताएका छन् । उनले भने, ‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन् ।’

नयाँ भेरियन्टसँग जुध्न कयौँ देशले बूस्टर मात्रा शुरू गर्ने बताएका बेला मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याएका हुन् ।

उनले बूस्टरहरूले ‘कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने’ भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।