दिपायल, १ वैशाख । नयाँ बर्षको अबसर पारी दिपायलबाट नेपाल पथ दैनिक पत्रिकाको मंगलबार एक कार्यक्रमकाबीच बिमोचन भएको छ ।
यस अघि नेपालपथ साप्ताहिक रुपमा प्रकाशित हुदै आएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहले बिमोचन गरेका छन् ।
पत्रिकाको बिमोचन गर्दै शाहले डोटीको पत्रकारिता विकासका लागि नेपालपथ अघि बढ्नुपर्ने सुझाव दिए । उनले भने,‘अन्य बिकास क्षेत्रको तुलनामा सुदूरपश्चिममा पत्रकारिताको बिकास हुन सकेको छैन्, त्यसका लागि सरकारले बिशेष प्याकेज ल्याउनुपर्ने जरुरी छ ।’ यसबाहेक पत्रकारहरुको क्षमता अभिबृद्धीका कार्यक्रमहरु पनि जरुरी रहेको उनले बताए ।
‘संचार क्षेत्रमा फड्को मारेको अवस्थामा पनि क्षेत्रीय सदरमूकाम जस्तो ठाउँमा दैनिक संचालन हुन नसक्नु दुखद् कुरा थियो ।’ क्षेत्रीय संयोजक शाहले भने,‘पत्रिकाको प्रकाशनले त्यो कमी हटेर गएको छ अव पत्रिकाले जिल्लाको समग्र बिकासमा योगदान दिनेछ ।’
डोटीमा अहिलेसम्म दैनिक पत्रिका प्रकाशित हुन सकेको थिएन । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव पदम रावत, एकिकृत–माओवादीका तेज डुम्रेल, नेकपा माओवादीका प्रताप पुनमगर, महिला नेतृ पार्वती चन्द, रञ्जना बागचन, परिवार नियोजनका शाखा प्रबन्धक चेत प्रसाद फुलारा लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।
‘यहा अहिले सम्म एउटा पनि दैनिक पत्रिका संचालन हुन सकेको थिएन,’ पत्रिकाका सम्पादक धिरेन्द्र चटौतले भने,‘क्षेत्रीय सदरमुकामको पत्रकारिताको लाज बचाउन पनि पत्रिका निकाल्नु पर्ने बाध्यता महशुस गरी प्रकाशन शुरु गरेका हौ ।’ सदरमुकाम सिलगढीबाट पनि गतसाता डोटेली आवाज दैनिक शुरु भएको छ ।
















प्रतिक्रिया