४ कार्तिक २०८३, बुधबार

नागरिक दैनिकका पत्रकारलाई धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

patrakar Nirmal Ghimire– सुदीप अधिकारी
बर्दिया, १ बैशाख । समाचारको विषयलाई लिएर एक समुहले नेपाल पत्रकार महासंघ बर्दिया शाखाका पार्षद तथा नागरिककर्मी निर्मल घिमिरेलाई मंगलबार धम्कि दिएको छ । सामुदायिक बिकास संस्था अगुवाईमा पत्रकार विरुद्ध सदरमुकाम गुलरियामा नाराबाजी गरिएको थियो ।

करिब ३५ जनाको समुहमा निस्केको ¥यालीका सहभागीले पत्रकार घिमिरेको घर हुदै निस्केर जिल्ला प्रहरी कार्यालयमा अघि सभा गरेका थिए । सभामा बोल्दै सामुदायिक बिकास संस्थाका नारायण गुरुङले प्रशासनले कारबाही नगरे पत्रकार घिमिरेलाई जनताले कारबाही गर्ने भन्दै धम्की दिएका थिए ।

नागरिक दैनिकमा चैत ३० गते ‘बाढीपिडितसँग रकम असुली’ शिर्षकमा प्रकाशित समाचार प्रती सामुदायिक बिकास संस्थाका आपत्ति जनाएको थियो ।

पत्रकार घिमिरेलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ बर्दियाले मंगलबार विज्ञप्ती निकालेर भत्र्सना गरेको छ । विज्ञप्तीमा घटानाको घोर भत्र्सना गर्दैै दोषीलाई कानूनी कार्वाही गर्न माग गरिएको छ ।

विज्ञप्ती मार्फत कुनै पनि सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार प्रति चित्त नबुझे कानूनी बाटोबाट अघि बढ्ने व्यवस्था हुँदाहुँदै धम्की दिने संस्थाका संचालकलाई कडाभन्दा कडा कानुनी कार्वाहीको लागि हामी स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौ भनिएको छ ।