
काठमाडौं, २८ मंसिर । नेपाली कथानक चलचित्र ‘फिदा’को पहिलो गीत ‘हर चिज राम्रो लाग्छ’ सार्वजनिक भएको छ ।
अन्जु पन्तको स्वरमा रहेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।
मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी ‘घायल’को लेखन/निर्देशन रहेको चलचित्र ‘फिदा’मा रहेको शीर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर बिबस को गीत गैरे सुरेस को संगीत मा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीत मा समावेश गरिएको छ ।
विश्वास भण्डारी को छायांकन तथा सम्पादन, राजन महर्जन को नृत्य निर्देशन, द्वन्द्व राजु किरातमा प्रतिभा चाम्लिङ राई र ग्रुप को नृत्य छ । फिदा चलचित्रमा राजु पौड्याल, दिप्ती लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवको अभिनय रहने छ ।















प्रतिक्रिया