
काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा. शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।
अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन आग्रह गर्दै कोइराला सिंहनिवास पुगेका हुन् । जवाफमा नेता सिंहले आफ्नो टीमका नेताहरूसँग छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ ।
त्यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यस्तै जवाफ दिएको स्रोतको भनाइ छ ।















प्रतिक्रिया