८ कार्तिक २०८३, आइतबार

प्रचण्डको त्यो बोलीले सेयर बजारमा लगातार पहिरो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले पूँजीबजारबारे दिएको अभिव्यक्तिका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएको छ ।

प्रचण्डले शनिबार पार्टीको प्रदेश अधिवेशन उद्घाटनका क्रममा पूँजीबजारलाई साम्राज्यवादको नयाँ रुप भनि चित्रित गरेका थिए । सत्तारुढ दलको प्रमुख घटकले दिएको यस्तो गैरजिम्मेवार अभिव्यक्तिका कारण लगानीकर्ताको लगानी डुबेको छ ।

उनकै अभिव्यक्तिका कारण नेप्से परिसूचकमा आइतबार ८८ र सोमबार यो समाचार तयार पार्दासम्म ९८ अंकको पहिरो गएको छ ।

त्यति हुँदा पनि यता प्रचण्डले भने आफ्नो अभिव्यक्ति सही भएको दावी गरेका छन् । नेप्से २२ सयको लाइनमा झरिसकेको छ भने अझै घट्ने संकेत गरेको छ ।

यद्यपि प्रचण्ड आफूले दिएको पहिरो ल्याउने अभिव्यक्तिमा खुशी छन् । तर विश्लेषकहरुका अनुसार उनमा लगानीकर्ता डुबाएकोमा कति पनि पछुतो नहुनु दुःखद भएको बताउँछन् ।