८ कार्तिक २०८३, आइतबार

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

भक्तपुर, २६ मंसिर । भक्तपुरमा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–४ का २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनलाई मध्यपुर ठिमी नगरपालिका–२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलबाट पक्राउन गरिएको प्रहरीले बताएको छ । उनी सोही पसलमा कार्यरत थिए ।

नेपालीले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको प्ररहीको भनाइ छ । उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।