२९ आश्विन २०८३, बिहिबार

सहिद परिवार र घाइते सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hataudaहेटौँडा । सातौँ गणतन्त्र दिवस समारोह समिति मकवानपुरले विहिवार यहाँ आयोजना गरेको कार्यक्रममा सहिद परिवार र जनआन्दोलनका घाइतेलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सभासद्द्वय अनन्तप्रसाद पौडेल र राजाराम स्याङ्तानले सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद र माता चित्रकुमारी, सहिद रुद्र पाख्रिनकी धर्मपत्नी माया र जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई आज दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

सो अवसरमा सभासद् अनन्तप्रसाद पौडेलले सरकारले प्रमुख दललगायत अन्य दलसँग सहमति कायम गरेर संविधानको निर्माणका साथै जनताको आर्थिक समृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सभासद् राजाराम स्याङ्तानले र गणतन्त्रलाई जीवन्त राख्न स्थानीय निकायको निर्वाचन गराउनेतर्फ सरकारको ध्यान केन्द्रित गरिनुपर्ने तथा जनतालाई विकास योजना निष्पक्ष ढङ्गबाट वितरण गरिनुपर्नेमा जोड दिनुभयो ।

मकवानपुर जिविस तथा सातौँ गणतन्त्र दिवस समारोहमा समितिका संयोवक स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा एनेकपा(माओवादी)का पूर्वसांसद प्रेमबहादुर पुलामी, नेकपा (एमाले) मकवानपुरका अध्यक्ष रामेश्वर राना, नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपाने र प्रजिअ केशवराज घिमिरेले गणतन्त्रलाई संस्थागत गर्न दलहरु जनताप्रति जिम्मेवार हुनपर्छ भन्नुभयो ।

यसअघि महेन्द्र चोकबाट झाँकी बाजागाजासहित निस्केको पदयात्रा हेटौँडा नगरको परिक्रमा गरेर जिविसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । यसै उपलक्ष्यमा जिविसले विहिवार हेटौँडा अस्पतालका बिरामीलाई भिटामिन र फलफूल पनि वितरण गर्‍यो ।