२ कार्तिक २०८३, सोमबार

निफमा बहसः विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बिदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र विषयक बहस सम्पन्न भएको छ ।

जुममार्फत शुक्रबार गरिएको बहसमा नेपाली चलचित्रका हस्तीहरु अर्जुन कुमार , मधुसुदन प्रधान, माधव वाग्लेसँग छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले नेपाली चलचित्रलाई प्राथमिकतामा राख्न बिभिन्नि योजना बनाईनु पर्ने र पछिल्लो समय नेपालमा बिदेशी चलचित्र खासै प्रर्दशन नभएको कारण नेपाली चलचित्रलाई असर नगरेको बताए । नेपाली चलचित्रहरु पनि अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्दा गर्ने स्तरका बनिरहेका बेला विदेशी चलचित्रले नेपालमा खासै प्रभाव नराख्ने उनको दावी छ ।

यस्तै नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष माधव वाग्लेले नेपालमा चलचित्रको शुरुवात देखीनै बिदेशी चलचित्रको प्रभाव रहदै आएको बताए । पछिल्लो चलचित्र चप्पली हाइट मात्र नभई अन्य धेरै स्तरीय चलचित्र चेपुवामा परेको उनको भनाई छ ।

नेपालमा मैलिक चलचित्र भन्दा पनि बिदेशी चलचित्रको चाप बढि भएको , साउथ मूभिलाई बढी प्राथमिकतामा राखीएको तथा नेपाली चलचित्रमा सहकार्य र एकताको अभाव रहेकाले साझा सन्र्दभमा सबै एक हुनु पर्ने र बिसम परिस्थितीमा अव नेपाली चलचित्रलाई नयाँ ढंगले अगाडी बढाइनु पर्ने निर्माता प्रधानको भनाई छ ।

अव चलचित्र प्रर्दशन गर्दा हिन्दी चलचचित्रलाई भन्दा नेपाली चलचित्रलाई बिशेष प्राथमिकतामा राखीनुपर्ने उनको जोड छ ।

सोही कार्यक्रममा निर्माता अर्जुन कुमारले बर्तमान अवस्थामा कोभिडले सबै श्रेत्रमा चेपुमामा परेको र चलचित्र निमार्ण गर्दा कम स्रोत साधनले कमै मात्र चलचित्र स्तरीय बनेको कारणले पनि बिदेशी चलचित्रसंग प्रतिस्पर्दा गर्ने नसकीएको बताए । तसर्थ अव चलचित्र निमार्ण अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्दा गर्ने गरि स्तरीय चलचित्रमा जोड दिइनु पर्ने अर्जुन कुमारको जोड छ ।

चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मैलीक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमा सबै सहभागीहरुले समाजमा सिनेमा संस्कृतिको विकास गर्नुपर्छ, सिनेमाको बारेमा बेला बखत बहस, नयाँ प्रबिधि, डिजिटल उपकरण, दक्ष जनशक्तीहरु मार्फत अव स्तरीय चलचित्रमा जोड दिनुपर्ने धारणा राखेका छन् ।