
तनहुँ, २५ मंसिर । कठ्याङिग्रदो चिसोको याम, त्यसमाथि छानो नै नभएको टहरोमा रात बिताउँदै आएका छन्, धनवल गुरुङ्ग ।
जिल्लाको म्याग्दे गाँउपालिका वडा नं ५, को झिरुवास तल जामुनेमा गएको असारमा पहिरो गएर घर भत्केपछि छानो विनि टहरोमा रात बिताउन बाध्य बनेका हुन् ।
भत्किएको टहरो, च्यातिएको गुन्द्रि र केही थान च्यातिएको कपडा सहित धनवल विगत ६ महिनादेखि यहि टहरोमा जोखिम युक्त जीवन यापन गरिरहेका छन् ।
उमेरले नेटो काटिसकेको वुढ्यौली शरिर लिएर आफनो केही उपाय नलागेर जोखिययुक्त टहरामा वसेका छन् । करिव ७५ वर्ष माथी उमेरका वृद्ध दम्पति त्यही टहरोमा वसेर आफना कलिला नानीवावु सहित वस्दै आएको महिनौ भईसक्यो ।
४ छोरा र ५ छोरीका वुवाआमा धनवलका ठुलो छोरा ड्राईभर भएता पनि कुन आर्थिक अवस्था कमजोर हुदाँ छानोविहिन घरमा वस्न वाध्य वनेका हुन् । जसोतसो माईलो छोरा आफैले रिन खोजेर साउदी गएका काँधमा वाकी २ वटा लालावालाको जिम्मेवारीको भारी वोकेर वसेका छन् ।

सरकारले गरिवका नाममा विभिन्न कार्यक्रम ल्याए पनि धनवलको अवस्था हेर्दा भने सरकार विहिनताको महशुश हुन्छ । पृथ्वी राजमार्गवाट करि ५ किलोमिटर पश्चिम तर्फ रहेको धनवलको अवस्था हेर्दा कसैको पनि मन थामिदैन ।
केन्द्रिय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानिय तहमार्फत संचालन गर्दे आएता पनि त्यो कार्यक्रम सम्वन्धित निकायले कार्यन्वयन नगर्दा धनवल चिसो याममा च्यातिएको तन्नामा जीवन विताईरहेका छन् ।
गएको असारमा पहिरो गएर पनि कुनै राहत नपाएका धनवल गुरुङ्ग आफनो यो दुःख सरकारले नहेरको वताए । खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन् ।

किन यस्तो जोखिममा वस्नुहुन्छ ? प्रश्नमा भावुक हुदै धनवलले भने, आफनो भनेको यहि हो, कहाँ जाने ? वृद्ध श्रीमतीका साथमा वस्दै आएका धनवलले हालसम्म कसैवाट पनि केही सहयोग नपाएको गुनासो गरे ।
मंसिर, पुसको चिसो याम, घरमा खाने अन्न र रातमा सुत्ने ओछायान नहुँदा धनवल भने वुढी श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दे नागरिक आवास कार्यक्रमको सपनामा रात काटिरहेका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत तत्काल खरको, अथवा कच्ची छानो हटाएर ५० हजार वरावरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागु गरेता पनि स्थानिय सरकार भने मुकर्दशक वनेको छ ।
प्रदेश सरकार अन्र्तगत रहेको नागरिक आवास कार्यक्रम अन्र्तगत घरविहिन, छानोविहिन, जोखिमयुक्त र पहिरोपिडितका लागी वनेको कार्यक्रम पनि धनवलको लागी अनविज्ञ छ ।

यस विषयमा म्याग्दे गाँउपालिका वडा नं ५ का वडाध्यक्ष शिव वहादुर आलेसँग प्रतिक्रिया लिदाँ घरमा पहिरोले भत्केर जोखिमयुक्त भईसकेपछि सुरक्षित स्थानमा सर्ने काम सम्वन्धित व्यक्तिको नै भएको वताए, वडाध्यक्ष आफैले घर खोजेर राख्ने होईन, त्यो त सम्वन्धित व्यक्तिले गर्ने कुरा हो, उनले जवाफ दिए ।
सरकारले गर्ने नागरिकको सुरक्षाको विषयमा कुरा राख्दा नागरिक आवास कार्यक्रम अन्र्तगत काम भईरहेको र त्यसले चाडै पुर्णता पाउने वडाध्यक्ष आलेले वताए ।
मंसिर, पुसको चिसो याम, घरमा खाने अन्न र रातमा सुत्ने ओछायान नहुँदा धनवल भने वुढी श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दे नागरिक आवास कार्यक्रमको सपनामा रात काटिरहेका छन् ।
















प्रतिक्रिया