३ कार्तिक २०८३, मंगलबार

ओमिक्रोन भेरियन्टको त्रास बढेपछि सभा, सम्मेलन र र्‍याली गर्न लगाइयो रोक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बाइ, २५ मंसिर । मुम्बाइमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढेपछि महाराष्ट्र सरकारले सभा, सम्मेलन र र्‍याली गर्न रोक लगाएको छ ।

महाराष्ट्रमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि सरकारले सभा सम्मेलन गर्न कडाइ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । महाराष्ट्रमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १७ पुगेको छ ।

शुक्रबार मात्र महाराष्ट्रमा ओमिक्रोनका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा मुम्बाइमा तीन र पिंपरीमा ४ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

आज डिसेम्बर ११ देखि महाराष्ट्र सरकारले यस्तो नियम लागू गरेको हो । भारतमा अहिले सम्ममा ओमिक्रोनबाट संक्रमित हुनको संख्या ३२ जना पुगेको छ ।