
काठमाडौं, २५ मंसिर । हिजो शुक्रबारदेखि शुरू भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज शनिबार हुने उम्मेदवारको मनोनय दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताएका छन् । पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहने उनको भनाइ छ ।
उनी तत्कालीन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य थिए । कांग्रेससँग पार्टी समायोनपछि महासमिति सदस्य रहेका लामाले प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवारी थिए ।















प्रतिक्रिया