
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भन्दै आफ्नो दाबीबाट पछि हटेका छन् ।
देउवा समूहकै नेता श्रेष्ठले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका हुन् ।
हिजो शुक्रबारदेखि शुरू भएको कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ता शुरू हुँदैछ । तर संस्थापनइतर समूहले भने अझै पनि सभापतिको उम्मेदवार चुन्न सकेको छैन ।
अहिलेसम्म सभापति देउवासँग बिमलेन्द्र निधि र प्रकाशमान श्रेष्ठले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था देखिएको छ ।
देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भए पनि निधि भने उम्मेदवारी दर्ताको तयारीमै छन् ।















प्रतिक्रिया