
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष साझा उमेदवार चयन गर्न असफल भएको छ ।
पौडेल समूहले अगाडी देखि नै साझा उम्मेदवार तय गर्ने भने पनि शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोहपछि भएको छलफलमा समेत असफल भएको छ ।
शुक्रबार साँझ महाधिवेशन उद्घाटन सकिएपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेलाले साझा उम्मेदवार चयन गर्न नसकेको हो ।
शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताए पनि नेता प्रकशमान सिंहले अडान नछोडेको बताइएको छ ।
कुरा नमिल्ने देखिएपछि नेता सिंह बाहिरिएका छन् । सोमबार हुने निर्वाचनमा पौडेल पक्षबाट साझा उम्मेदवार चयन हुन नसक्ने देखिएको छ ।















प्रतिक्रिया