
काठमाडौं, २४ मंसिर । भालुको आक्रमणबाट गम्भीर घाइते भएका दुई जनाको उपचारका लागि १ लाख ३८ हजार रुपैयाँ नगद सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
व्यवसायी तथा समाजसेवी झपट बहादुर (जेबी) सुनुवारको अगुवाइमा विभिन्न व्यक्तिहरूबाट उक्त रकम सङ्कलन गरी बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
भालुको आक्रमणबाट दोलखाको जिरी नगरपालिका–९ निवासी टीकाबहादुर सुनुवार र जगतबहादुर सुनुवार गम्भीर घाइते भएका छन् । मंसिर १८ गते आक्रमणमा परेका उनीहरू दुवै जनाको हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
पारिवारिक आर्थिक स्थिति समेत कमजोर रहेका घाइतेद्वयको उपचारका लागि थोरै–थोरै गरी केही रकम जम्मा गरिएको अगुवा झपटबहादुर सुनुवारले दैनिक नेपाललाई बताए । उनीहरूको उपचारार्थ सङ्कलित रकम निकै अपर्याप्त रहेको उनको भनाइ छ ।
घाँस तथा दाउराका लागि नजिकैको जंगलमा गएका उनीहरूलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
उनीहरूको उपचारमा सहयोगी हातहरूको सूची यस्तो छ–
















प्रतिक्रिया