
काठमाडौँ, २४ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई चोरको रुपमा चित्रण गरेको अभिव्यक्ति प्रति कटाक्ष गरेका छन् ।
‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले व्यंग्य गर्दै भने, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’
काँग्रेसको १४ औँ महाधिवेशनमा एकै मञ्चबाट सम्बोधन गरेका नेताहरुले एक अर्कालाई पाखल्ने काम गरेका थिए ।















प्रतिक्रिया