९ कार्तिक २०८३, सोमबार

नेताप्रति जनताको विश्वास मरेको छ, हामी ‘चोर’ बनेका छौं : अध्यक्ष लिङ्देन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका कोही पनि नेताप्रति जनताको विश्वास मरेको बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले नेतालाई नेता आयो नभनी ‘…चोर आयो’ भन्ने गरेको समेत बताएका छन् ।

‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको छ । सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, अदालत अदालतजस्तो छैन यो सबलाई ठिक लगाउने कसले हो हो,’ प्रश्न गर्दै अध्यक्ष लिङ्देनले भने, ‘यो सबै ठिक पार्ने राजनीतिले हो, तर राजनीति नै ठिक छैन, यो राजनीति कसले ठिक गर्ने हो भन्दा नेताले हो । तर, राजनीतिक नेताहरुले अहिले जनतासामू पूर्ण विश्वास गुमाएका छन् ।’

लिङ्देनले अगाडि भने, ‘अहिले हाम्रा कार्यकर्ताले हामी नेतालाई कहिँकतै बोलाउँदै र कसैलाई आमन्त्रण गर्दा नेता आउँदै हुनुहुन्छ भन्दा मेरो नाम भनूँ कि अरुको भनूँ, नभनौं कुनचाहिँ नेता आएछ भन्दैनन् कुनचाहिँ चोर आएछ भन्ने गरेका छन् ।’

नेताहरूको अवस्था त्यो अवस्थामा पुगेको स्मरण गराउँदै लिङ्देनले कुनै पनि राजनीतिक दलको महाधिवेशन नेतृत्व चुन्ने खेलमा मात्रै सीमित हुननहुने बताएका छन् । पार्टीका महाधिवेशनहरूले जनताको समस्याहरू समेत सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।