२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘चिसो एस्ट्रे’ आगामी चैत ४ गते प्रदर्शनमा आउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय चलचित्र महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया र चीनलगायत देशका चलचित्र महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘चलचित्रले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेको छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

चलचित्रमा दिव्यदेवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् ।